Rule 33
विज्ञ वा दक्षको सूची राख्‌ने
(१) आयोगले जिल्ला न्यायाधीशको परीक्षाका लागि पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्न, प्रश्न प्रत्र तयार गर्न, उत्तरपुस्तिका परीक्षण गर्न र अन्तर्वार्ता सम्बन्धी कामका लागि विज्ञ वा दक्षको सूची तयार गर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूची आवश्यकता अनुसार आयोगले अद्यावधिक गर्नेछ ।